१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


 प्रधानमन्त्री सुशीला कार्कीद्धारा पाथीभरा माताको दर्शन 



ताप्लेजुङ
 प्रधानमन्त्री सुशीला कार्की पाथीभरा माताको दर्शन ताप्लेजुङ पुगेकी छिन् ।
 प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज यहाँ आइपुगेकी थिइन्  ।
प्रधानमन्त्री कार्कीले आजै बिहान उहाँले पाथीभरा माताको पूजाअर्चना गरेकी हुन्  । पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले “फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु”, सामाजिक सञ्जालमा लेखेकी छन् ।
प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ११ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।