२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


निर्देशक शोभित बस्नेत बनाउदैछन् नयाँ चलचित्र, अस्ट्रेलियामा हुँदैछ छायांकन



काठमाडौं

निर्देशक शोभित बस्नेत नयाँ चलचित्र बनाउने भएका छन् । उनले चलचित्रको अधिकाशं सिनको छायांकन अस्ट्रेलियामा गर्ने तयारीमा छन् । उनी चलचित्रको नाम केही दिनमै औपचारिक रूपमा घोषणा गर्ने तयारीमा छन् ।

चलचित्रको कथा तथा निर्देशन शोभित बस्नेतले गर्नेछन् भने कार्यकारी निर्मातामा नवीन घायल र सह–निर्मातामा हिमाल भण्डारी रहेका छन्। क्यामेरामा सौरभ लामा र द्वन्द निर्देशन हिमाल केसीको रहनेछ। यसै चलचित्रमार्फत केसी फिल्मको काममा फर्कन लागेका हुन्। पछिल्लो समय उनले फिल्म पिताम्बरमा काम गरेका थिए। चलचित्रको छायांकन ६० प्रतिशत अस्ट्रेलियामा र ४० प्रतिशत नेपालको जुम्लामा गरिने तय भएको छ। कलाकार तथा अन्य प्राविधिक टिम भने केही दिनमै फाइनल गरिने जनाइएको छ।

निर्देशक शोभित बस्नेतले आगामी मार्च २० देखि ‘कमेडी दरबार’ टिमलाई एक महिनाको अस्ट्रेलिया टुरमा लैजाने तयारी गरेका छन्। सो टुर सकिएलगत्तै चलचित्रको छायांकन सुरु गरिनेछ। अस्ट्रेलियाबाट ‘पि आर’ चलचित्रका केही कलाकार दोहोरिने जानकारी दिइएको छ। साथै, चलचित्रमा दुई नायक र दुई नायिका रहनेछन्। तीमध्ये एक नायक र एक नायिका चर्चित अनुहार हुने निर्देशक बस्नेतले बताए।ध्जबतकब्उउ क्ष्mबनभ २०२६–०२–१३ बत ९.५३.०५ ब्ः.वउभन

सलोन–सलिना फिल्म्सको प्रस्तुतीमा नयाँ नेपाली चलचित्र निर्माण हुने भएको छ। ए टु जेड क्लिनिङ सप्लायर्स (अस्ट्रेलिया) का तर्फबाट कृष्ण थापाले चलचित्रको प्रस्तुती गर्ने भएका छन्।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ११ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।