२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कार्की साइँला’मा अभिनेत्री मुन्नीको प्रवेश, जितुको जोडी बन्दै



काठमाडौं

चलचित्र ‘कार्की साइँला’मा प्रियना आचार्य (मुन्नी)को प्रवेश भएको छ । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माणको तयारीमा रहेको यस चलचित्र हुने अभिनेता जितु नेपालको जोडीको रुपमा प्रियना रहनेछिन्।

निर्माण टिमले अभिनेत्रीको आचार्यलाई भर्खरै अनुबन्ध गरेको हो। उनी अनुबन्ध भएसँगै अब निर्माण समूह चलचित्रको छायांकनमा जुटेको छ।

अब यो चलचित्रमा नेपालको पुर्वी जिल्ला धनकुटामा चलचित्रको सुटिङ हुने निर्माण पक्षले जनाएको छ। चलचित्रका निर्देशक राजेन्द्र बस्नेतले भने,‘हाम्रो कथा अनुसार नै हामीले धनकुटाका विभिन्न स्थानमा नै सुटिङ गर्ने छौँ। कार्की साइँलाको कथाले मागे अनुसारकै प्रियनालाई चलचित्रका लागि अनुबन्ध गरेका हौँ। थप जानकारी केहि दिनमा नै दिनेछौँ।’
यस चलचित्रमा जितु नेपाल र प्रियाना आचार्यका अलवा सुशील पोखरेल,बिरेन्द्र सिंह कुशहुवा,मान्शी शर्मा,मनिल तामाङ,रेणुका आचार्य,दिप्सन लिम्बु,रोदा राई,कमल देवकोटा लगायतको अभिनय रहने छ।

कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने यस चलचित्रमा बालकुमार राई निर्माता रहेका छन्। कृष्ण भगत चाम्लिङको प्रस्तुती रहेको यस चलचित्रमा मुख्य सहायक निर्देशक रोजल थापाले गर्दैछन् भने छायांकन डम्बर राईको रहने छ। यस चलचित्रको द्वन्द किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु,प्रोडक्सन सिबी भण्डारीको रहेको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  २ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।