१२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कीर्तिपुरको चारघरेमा  भूकम्पपछि भेटिएको भगवान् विष्णुको मूर्ति स्थापना



काठमाडौँ
 कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको छ ।
विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त जालन्धर शक्तिपीठ पुनर्निर्माणका क्रममा फेला परेको मूर्ति बृहत् चारघरे धार्मिक समितिको अगुवाइमा आज स्थापना गरिएको हो ।
मूर्ति प्राणप्रतिष्ठाका निम्ति कीर्तिपुर नगरपालिकाले रु १२ लाख तथा स्थानीयले चन्दा दिएका थिए । मनिदरको प्रारुप कीर्तिपुर नगरपालिका ६ का प्राविधिक प्रभाष महर्जनले तयार गरेका हुन् । उक्त मूर्ति नवौँ शताब्दीको भएको पुरातत्व विभागले बताएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  २ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।