१२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कोञ्ज्योसोम गाँउपालिकाको लोगोलगायत आधिकारिक सामाग्रीको दुरुपयोग



चापागाँउ
दक्षिण ललितपुरको कोज्योसोम गाँउपालिकाले आफ्नो लोगो, गाँउपालिकाको तस्विरलगायत आधाकारिक सामाग्रीहरु दुरुपयोग गरिएको भन्दै सूचना प्रकाशित गरेको छ । गाँउपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद दुलालले सूचना प्रकाशित गरेर अन्यथा कानूनी कारवाही गर्ने चेतावनी दिएका छन् ।
पालिकाले सामाजिक सञ्जालहरुले आफ्नो लोगो प्रयोग गरेर विभिन्न राजनीतिक धारणा व्यक्त गर्ने गरेको कारण पालिकाको आधिकारिक सामाग्रीको दुरुपयोग भएको बताएको छ ।
पालिकाको तस्विर र लोगो हाम्रो कोञ्ज्योसोम नामको पेजले प्रयोग गरेको थियो । सो पेजले पालिकाको फोटोलगायतको सामाग्री भर्खरै हटाएको छ ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ११ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।