११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर३ बाट रास्वपाकी डा. कार्की निर्वाचित



पाटन
ललितपुर निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी उम्मेदवार डा तोसिमा कार्की निर्वाचित भएकी छन् । उनी ४३ हजार ९६ मतका साथ विजयी भएको मुख्य निर्वाचन पुनाराम खनालले जानकारी दिएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले नौ हजार ४५ मत प्राप्त गरेका छ भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजकाजी महर्जनले छ हजार २२ मत प्राप्त गरे ।

एक लाख दुई हजार ४३६ मतदाता रहेको ललितपुर ३ मा ६९ हजार ३ सय ९१ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ६ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।