११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कान्तिलोकपथमा ट्रक दुर्घटना, एक जनाको निधन, एक घाइते



मकवानपुर
कान्तिलोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवकोे निधन भएको हो ।
उनीसँगै गम्भीर घाइते भएका सोही स्थानका ट्रकचालक ३३ वर्षीय कृष्ण यादवलाई उपचारका लागि चितवन पठाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ७ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।