१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र प्रमोसनमा ‘जेठी बुहारी’ बेपत्ता !!!



काठमाडौं
बहुचर्चित सिनेमा हामी तीन भाइ बारे नेपाली चलचित्र पारखीहरुलाई जानकारी छ । सोही नामको सिनेमा फेरि निर्माण भएको छ ।

सिनेमामा पहिला झै तीन दाजुभाईको कथा छ । तीनै जना बुहारी पनि छन् । चलचित्र शुक्रबारबाट सिनेमा हलमा लागिसकेको छ ।
तर राजधानीमा आयोजना गरिएको प्रमोसनको कार्यक्रममा दुई जोडी मात्रै देखिए । जेठा जेठी खोई त रु कार्यक्रममा धेरैले ‘जेठी बुहारी’ को चरित्रमा रहेकी लक्ष्मी बर्देवाबारे सोधखोज गरे ।

प्रश्न उठेपछि कलाकार जानवी बस्नेतले जेठा दाजु बिनोद न्यौपाने झापामा छायांकनमा रहेको र जेठी भाउजू लक्ष्मी बत्देवा देश बनाउन लागेको बताईन ।

बिनोदको कुरा त स्पस्ट भयो । तर काठमाडौंमा नै रहेर लक्ष्मीको यो प्रमोसनमा अनुपस्थितिलाई सकारात्मक रुपमा हेर्न सकिएन । उनी आफ्नो अनलाईन ब्यापारमा सकृय र निरन्तर उपस्थित छिन । रास्वपा केन्द्रिय सदस्य उनलाई धेरैले समानुपातिक सांसद को उम्मेदवार रहेर पनि कुन्नी के नमिलेर उनी त्यहा भने पर्न सफल भइनन् । तर पनि उनको ध्यान भने सिनेमामा कम पार्टीमा ज्यादा देखिएको छ । यति सम्म कि शुक्रबार बिहान राखिएको स्पेशल शो र दिउँसो हल रिपोर्टमा पनि उनी बेपत्तै थिइन ।

लक्ष्मीलाई एउटा सफल सिनेमाको आवश्यकता छ । हामी तीन भाईमा उनले महत्वपुर्ण रोल पाएकी थिइन । होईन भने उनले पाउदै गरेको भनेको नायिकाको साथीको भुमिका नै हो । तर आफुले पाएको मुख्य भुमिकालाई प्रयोग गरेर सफलता पाउने अवसर निर्माण गर्नुको साटो उनला नेता बन्ने भुत सवार छ । त्यसो त छोरा जन्मिएपछि सिनेमा भन्दा पार्टी राजनीतितिर रमाउन लागेको हो  कि ? बुझ्नै सकिएन।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १० : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।