१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


इन्धनको मूल्य बढेसँगै अब गाडी भाडा बढ्ने



काठमाडौँ

पछिल्लो समय इन्धनको मूल्य बढेसँगै अब गाडी भाडा बढ्ने भएको छ ।

सरकारले सार्वजनिक सवारी र मालवाहक सवारीसाधनको भाडा समायोजन गर्न सहमति दिएको छ । इन्धनको मूल्य बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई सार्वजनिक यातायातको भाडा बढाउन सहमति दिएको हो ।

इन्धनको मूल्य बढेसँगै पटकपटक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक र मालवाहक सवारीसाधनको भाडा समायोजन गर्न माग गर्दै आएको थियो ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमान सिंह राईले भाडा समायोजनका विषयमा मन्त्रालयबाट स्वीकृत प्राप्त भएकाले सहमतिका आधारमा भाडा समायोजन गरिएको बताएा छन् । विभागले विभिन्न १३ सूचकलाई आधार मानेर भाडा बढाएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले महासङ्घको अनुरोधमा आज सरकारले सार्वजनिक र मालवाहक सवारी साधनको भाडा समायोजन गरेको जानकारी दिए।

सरकारले यात्रुवाहक सवारीको १६.७१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनका लागि २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारी साधनको १५.७५ प्रतिशत भाडा समायोजन गरेको वरिष्ठ उपाध्यक्ष सिटौलाको भनाइ छ । नयाँ भाडादर कार्यान्वयनमा आएसँगै सर्वसाधारणको दैनिक यात्रा र उपभोग्य वस्तुको मूल्यमा प्रभाव पर्न सक्ने देखिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ९ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।