५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’को प्रर्दशन असोजमा पक्का



 

अभिनेता धिरज मगर र मिरुनाको चलचित्र ‘कुस्ती’को प्रर्दशन असोजमा हुने पक्का भएको छ ।
अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘कुस्ती’ काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको छ । उक्त चलचित्रलाई वितरक तथा प्रदर्शकको सल्लाह अनुसार असोजमा प्रदर्शन गर्ने तय गरिएको निर्देशक योञ्जनले जानकारी दिएका छन् ।

उनले भने,‘हामीले हाम्रो वितरक तथा प्रदर्शकसँग सल्लाह गरेर प्रदर्शन तय गरेका हौँ । सोही अनुसार म लगायत सम्पूर्ण टिमले फिल्मको प्राविधिक काम गरिरहेका छौँ । कुस्ती एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्रा हो । भावनात्मकतासँगै हास्यरसले भरिएको यो चलचित्र प्रेम कथानक कमेडी ड्रामा हो ।’

निर्देशक योञ्जनले प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन सङ्घर्ष गरिरहेको जोडीको कथालाई चलचित्रमा दर्शकले देख्न पाउने बताए । फिल्ममा अभिनेता धिरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

यस वर्षको ६१औँ ‘मिस इन्डिया २०२६’ मा ‘मिस मल्टिमिडियाु को उपाधि जित्दै टप १५ मा पर्न सफल भएकी दिकिला शेर्पाको यो डेब्यु नेपाली चलचित्र हो । उनले सन् २०२१ मा ‘मिस टिन फेसन आइकन’ उपाधि जितेकी थिइन्, जसले उनको सौन्दर्य प्रतियोगिताप्रतिको लगाव र सम्भावनालाई प्रारम्भमै देखाएको थियो । दिकिला एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी हुन् ।

उनले चलचित्रको अन्तर्राष्ट्रिय वितरकबाट फिल्मको प्रदर्शन अधिकार खरिदका प्रस्तावहरू आइरहेको बताउदै छिटै विदेश प्रदर्शन तय गर्ने जानकारी दिए । धिरज र मिरुनाको जोडीलाई पर्दामा हेर्ने नेपालसँगै प्रवासी नेपाली पनि उत्साहित छन् । निर्देशक योञ्जनका अनुसार केही देशमा फिल्मको प्रदर्शन अधिकार सम्बन्धी छलफल अन्तिम चरणमा छ ।

चलचित्रमा उमङ्ग शाहीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको सङ्गीत, रेनिश फागोको कलर करेक्सन, शैलेश श्रेष्ठ र रोहित शाक्यको पार्श्व सङ्गीत र शिशिर खातीको नृत्य निर्देशन रहेको छ । डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको चलचित्रमा ड्रेस डिजाइन आइआइएफटी ९धीरज एण्ड मिरुना० ले गरेको हो । काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ११ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।