१५ जेष्ठ २०८३, शुक्रबार | Sat May 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगलागी



काठमाडौँ 
टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ ।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको हो । “आज बिहान विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो, दमकलको सहायतामा आगो निभाइएको छ, अहिले अवस्था सामान्य छ”, उनले भने, “अहिले जाँचका लागि केही समय रनवे बन्द गरिएको छ ।”
उनका अनुसार विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर’ थिए । यात्रुहरुलाई आपतकालीनद्वारबाट सकुशल बाहिर निकालिएको थियो । अहिले प्राविधिक जाँच भइरहेको सिलवालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १० : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।