काठमाडौं
चलचित्र ‘आ आमा २’ निर्माण नहुँदै चर्चा चुलिएको छ ।
चलचित्रको चर्चा र आर्कषणसँगै अमेरिका र क्यानडामा प्रर्दशन अधिकार बिक्रि भएकोछ।
पल शाहको मुख्य भुमिका रहने यस चलचित्र डोको फिल्म्सले यो महँगो रकममा खरिद गरेको हो। बुझिए अनुसार नेपाली चलचित्र इतिहासमा सबैभन्दा महँगो रकममा ‘आ बाट आमा २’अमेरिका र क्यानडा राइटस् बिक्री भएको छ।
चलचित्रको सुटिङ नहुँदै विदेश फिल्म वितरकले धमाधम चलचित्रको वितरण अधिकार लिइरहेका छन्। यस चलचित्र अहिलेसम्म सबै कलाकारहरु फाइनल भइसकेका छैनन्। तर यो चलचित्रको पहिलो भाग अर्थात ‘आ बाट आमा’ले नेपालमा सर्वाधिक कमाई र चर्चा कमाएको थियो। सोही प्रभावका कारण अहिले विदेशमा रहेका वितरकहरुले ‘आ बाट आमा २’प्रदर्शन अधिकार खरिद गर्न थालेका हुन्।
यस चलचित्रमा पल शाह,विपना थापा,आशा श्रेष्ठ,प्रदीप रावत,गजित बिष्ट,नरेन खड्का लगायत कलाकार अनुबन्ध भएका छन्। अन्य कलाकार तथा चलचित्रको अभिनेत्रीहरु भने छनोट हुन बाँकी नै छ। तर यस चलचित्रको चर्चा र हाइप भने चलचित्रको सुटिङ नहुँदै बढिरहेको छ।
चलचित्रका निर्देशक चन्द्र पन्तले अमेरिका र क्यानडाका लागि सोल्ट आउट भइसकेको बताए। उनका अनुसार दुई देशका लागि महँगो पैसामा बिक्री गरिसकिएको छ। अन्य देशका वितरकहरुले पनि फिल्मको प्रदर्शन अधिकार मागिरहेका छन्। कुरा नमिलेकाले अहिले फाइनल भइसकेको छैन।
उनी भन्छन्,‘अमेरिका र क्यानडाका लागि सोल्ट आउट भइसकेको छ। त्यहाँको वितरक टिम डोको फिल्मस्ले महँगो रकममा किनिसक्नुभएको छ। अन्य देशमा पनि कुराकानी चलिरहेको छ। जुन छिट्टै सार्वजनिक गछौँ।’
चलचित्रको घोषणामा नै विदेशमा चलचित्रको माग बढेकाले निर्माता समेत रहेका पन्त उत्साहित बनेका छन्।
निर्देशक पन्तले यो फिल्मको छायांकनको समय तालिका केहि दिनमा नै टुङ्गो लाग्ने बताए। उनले अहिले यस चलचित्रका लागि कलाकार तथा अन्य प्राविधिक पक्षको छनोट भइरहेको र छिट्टै फ्लोरमा जाने जानकारी दिए।
आगामी दसैं अर्थात असोज ३० गतेबाट प्रदर्शनमा आउने यस चलचित्रको कथा तथा पटकथा निर्देशक पन्तकै रहने छ। यस चलचित्रको वितरण आर आर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिइसकेको छ। आर्या इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्माण हुने यस चलचित्रको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।








प्रतिक्रिया