२० असार २०८३, शनिबार | Sat Jul 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मन विनाको धन २’ पूजा शर्मा अनुबन्धित



 

गतबर्षको हिट चलचित्र ‘मन विनाको धन’को सिक्वेल बन्ने भएको छ । गत वर्ष प्रर्दशन भएर बक्स अफिसमा ४ करोड ग्रस कलेक्शन गर्न सफल यो चलचित्रको सिक्वेल ‘मन विनाको धन २’ निर्माणको घोषणा गरिएको हो ।

यो चलचित्रलाई पनि टंक बुढाथोकीले नै निर्देशन गर्नेछन् । टंक वुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुतिको रुपमा यो चलचित्र निर्माण हुन लागेको हो ।
चलचित्रमा पटकथा तथा संवाद शिवम् अधिकारीको रहनेछ । अहिले, शिवम्ले धमाधम यो फिल्मको कथा लेखिरहेका छन् । चलचित्रमा कथा र संगीत पनि टंककै रहनेछ ।
यसैबिच, यो चलचित्रको मुख्य भूमिकामा नायिका पूजा शर्मा अनुवन्धित भएकी छिन् । पूजा र टंकबिच आइतबार चलचित्रका लागि कागजी संझौता भएको छ । भदौबाट यो चलचित्रको छायांकन सुरु हुने बताइएको छ ।
चलचित्रमा अरु को कलाकार रहने हुन् भन्ने बिषयमा निर्माणपक्षले केही पनि बताएको छैन । टंकले भने–‘हामी, अहिले प्रि–प्रोडक्सनको काममा व्यस्त छौं । सुरुवातमै पूजाजीलाई चलचित्रमा अनुवन्धित गरेका छौं । अरु, कलाकारहरुलाई पनि एकपछि अर्को रुपमा अनुवन्धित गर्ने तयारी भइरहेको छ ।’
नायिका शर्माले पनि यो चलचित्रमा जोडिन पाउँदा आफू खुशी भएको बताइन् । पूजाले भनिन्–‘चलचित्रको कथावस्तु निकै पारिवारिक छ । मलाई आफ्नो भूमिका र टिम नै मन परेका कारण काम गर्न तयार भएको हुँ ।’
यो चलचित्रलाई विष्णु माया मैनालीले निर्माण गर्नेछिन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १२ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।