१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


आमा प्राणमायाको अन्तिम सास बनेकी रुकमणी




ललितखबर

रुकमणीदेवि श्रेष्ठ । पछिल्लो दिन निराश छिन् । आफ्नै आमा प्राणमायाको दागबत्ती दिनु पर्दा उनको हात काँपिरहेको छ । उनले राजधानीको नयाँ बजारमा १३ दिनसम्म किरिया बसेर आमा प्राणमायाँको अन्तिम श्रद्धाञ्जली दिइन् ।
हुन त उनको आफ्ना वुवा अमिर लाल र भाई जिउदै छन् । तर दुवै जना आमाको स्वार्गारोहणको बेला उपस्थित भएनन् । रुकमणीदेवि रुदै भन्छिन्, मेरी आमा
आमाको विवाह मागी विवाह भएको थियो ।
उनको दुई जना आमा छन् भन्ने सुन्दा रुकमणी औधि खुशी हुन्थिन् । उनलाई सानीआमा हुँदा आमाको सौताको पिडा बुझेकै थिइनन् । उनका व्ुवा अमिरलाल सानी आमासँगै बसे । आफ्नी आमा अलपत्र परिन् ।
रुकमणीदेवि आफ्नी आमाले अंश नपाएको दाबी गर्छिन् । अंश मुद्दा लडिरहेकी आमा घरवारविहीन भएरै संसार छोडेको उनको भनाई छ । आमा अलपत्र परेपछि उनले आमाको नाममा भक्तपुरमा घर समेत किनेको र पछि ऋणमा डुवेपछि आफूले पैसा तिरिदिएर फिर्ता ल्याएको स्मरण गरिन् ।
आमा धेरै दुःखी थिइन् । रुकमणीले आफ्नो आमाको स्याहार सुसार गर्दा गर्दै २९ वर्षसम्म विवाह नगरि बसेकी थिइन् । आफ्नी आमाको साहरा बनेर उनले विवाह नगर्ने निर्णय समेत गरेकी थिइन् । तर भाग्यको खेल समयसँगै उनले विवाह गर्नैपर्ने परिस्थिती बन्यो । विवाह गर्न कर गर्दै आमा प्राण मायाँ धेरै रोइन् । रुकमणीले मलाई जहाँ लगेर फ्याक्नुस् म जान्छु भन्दै उनले अन्ततः काठमाडौंका सँग विवाह गरिन् ।
आफ्नो विवाहमा समेत वावु अमिरलाल कन्यादान गर्न नआएपछि रुकमणीको चित्त दुख्यो । भाई समेत उनले विवाह गरिदिइन् । काठमाडौंको जैसी देवलमा आमा र भाईको परिवार स्थानान्तरण भए । तर आमा र भाईबुहारीको सम्बन्ध राम्रो भएन । उनीहरुको सम्बन्धविच्छेद भएपछि आमा प्राणमाया अलपत्र परेकी थिइन् ।
े आमा प्राणमाया रुकमणीको साहरा बनिन् ।
केही दिनअघि आमाको आकस्मिक निधन भयो । आमाको निधन भएपछि उनले वावु अमिरलाललाई खबर गरिन् । भाई अनुज श्रेष्ठ आउने आशामा पर्खेर बसिन् । तर उनको फोन उठेन । फोन बन्द भयो ।
दुई दिनसम्म कुर्दा समेत परिवारको कोही नआएपछि रुकमणी धेरै रोएकी थिइन् । वावु अमिरलाल समेत आउन मानेनन् । उनले श्रीमान्को आदेश लिएर पशुपतिमा दाहसंस्कार गरिन् ।
भाई आमाको किरिया गर्न चार दिनपछि टुप्लुक्क आएपछि किरियामा बसेका थिए । किरिया बसेको बाह्रै दिन भाई अनुज श्रेष्ठ कपडा फुकालेर त्यहाँबाट हिडे । काजकिरियामा समेत राम्रो सँग बसेनन् भन्दै रुकमणीको चित्त देखेको बताउछिन् ।

आफ्नै जन्म दिने आमाको छोरी भएर पनि साहरा बन्न पाउदा रुकमणी खुशी छन् । परिवारभित्र छोरा र श्रीमान् आमाको स्याहार गरेर आफ्नै आमाजस्तो व्यावहार गरेको देख्खा उनी भावविह्वल हुन्छिन् ।
हुन त मृत्यु जीवनको अन्तिम सत्य हो । तर छोरी भएर आमाको पार्थिव सरिरमा दागबत्ती दिनुपर्दा उनी दुःखी छन् । सबै परिवार जिउँदै भएपनि कसैको सहारा नपाएकी आमा सम्झेर उनी बेला बेलामा भक्कानिन्छिन् । भन्छिन्, आमा खोजेर रोजेर पाइन्न । जिउँदो हुँदा साहरा दिने छोराछोरी महान् हुन् ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  ६ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।