१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भरतपुरका कैदीहरु भाइरल ज्वरोबाट पीडित



भरतपुरका कैदीहरु भाइरल ज्वरोबाट पीडित भएका छन् ।
कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका हुन् ।

जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । दैनिक पाँचदेखि सात जनामा भाइरल ज्वरोबाट पीडित भएका छन् । समस्या दैनिकरुपमा बढको छ ।

https://www.youtube.com/@lalitkhabar

हाल कारागारमा ७ सय १२ जना कैदी छन् । यसको क्षमता ६ सय हो । यहाँ ५० जना महिला र ५ सय ५० जना पुरुषलाई राख्नसक्ने व्यवस्था भए पनि क्षमताभन्दा बढी बन्दीलाई राखिएको छ ।

भाइरल ज्वरोबाट पीडित भएकाहरुलाई छुट्टै कोठामा राखेर उपचार गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकाको सहयोगमा औषधि व्यवस्थापन गरिएको प्रमुख ढुङ्गानाले बताएका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।