सुरुङ्गा
झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जना युवकको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन् ।
भोजपुरको आमचोक ९ घर भई उनी स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका र आज बिहान आली खन्ने क्रममा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिएका छन्। चट्याङ लागेर उनको घटनास्थलमै मृ त्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया