११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


चन्द्रागिरीबाट नक्कली डाक्टर उपचार गरिरहेको आरोपमा पक्राउ



काठमाडौंको चन्द्रागिरीबाट नक्कली डाक्टर उपचार गरिरहेको आरोपमा पक्राउ परेकी छन् ।

प्रहरीले गैरकानुनी रूपमा उपचारमा संलग्न रहेको आरोपमा काठमाडौँको साविक मातातिर्थ ७ की ४७ वर्षीया चेतन एएम पौडेल पक्राउ परेकी हुन् ।

https://www.youtube.com/@lalitkhabar
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)बाट खटिएको प्रहरी टोलीले उनलाई चन्द्रागिरी नगर ८ स्थित एक स्वास्थ्य संस्थाबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार चन्द्रागिरी ८ मा सञ्चालित ‘स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्ट’मा पौडेल आफूले चिकित्सकको उपाधि प्रयोग नगरि यसको प्रयोग गर्दै आएको र नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्रबिनै बिरामीको आधुनिक चिकित्सा पद्धतिअनुसार निदान तथा उपचारमा संलग्न रहेको खुलेको छ ।

उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तरगत इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ६ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।