५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरको उन्यूचौरमा विद्युत सबस्टेशन शुभारम्भ




दक्षिण ललितपुरको उन्यूचौरमा १३३/११ केभी विद्युत सबस्टेशन शुभारम्भ गरिएको छ ।
मंगलबार एक औपचारिक कार्यक्रमकाबीच नेपाल विद्युत् प्राधिकरणका वितरण तथा ग्रहक निर्देशनालका उप कार्यकारी निर्देशक नवराज ओझाले सवस्टेशन शुभारम्भ गरेका छन् ।

सबस्टेशन सञ्चालनमा आएपछि दक्षिण ललितपुरका महाङ्काल, कोञ्ज्योसोम बागमती र उत्तरी मकवानपुर तथा काभ्रेलगायत क्षेत्रका बासिन्दाले पटक–पटक विद्युत् अवरुद्धजाने र आउने समस्या कम हुने अपेक्षा गरिएको छ।
विद्युत् आपूर्ति स्थिर नहुँदा टेलिफोन तथा मोबाइल नेटवर्क सेवामा देखिने अवरोध घट्नेछ । साथै यस क्षेत्रकाविभिन्न कार्यालउ र साना उद्योगलाई समेत राहत मिल्नेछ।

उन्यूचौरस्थित स्वाइचिङ स्टेसनलाई २०७६ सालदेखि १३२र११ केभी सबस्टेशनका रूपमा विस्तार गर्ने काम सुरु गरिएको थियो। निर्माण कार्य २०७९ सालमै सम्पन्न भए पनि विभिन्न प्राविधिक तथा प्रशासनिक कारणले सञ्चालनमा आउन सकेको थिएन।

https://www.youtube.com/@lalitkhabar

२०८१ सालमा आएको भीषण बाढी–पहिरोले प्रसारण लाइनका पोल तथा सबस्टेशनका केही संरचनामा क्षति पुर्‍याए मर्मत गरिएको थियो।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १२ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।