२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


आफ्नै आमाको कथाव्यथामा डा. कपिलद्वारा चलचित्र ‘गौँथली’ तयार




काठमाडौँ

आफ्नै आमा सरला जीवनको कथाव्यथालाई दिएर छारा डा. कपिल रिजालद्वारा चलचित्र ‘गौँथली’ तयार पारेका छन् । जुन चलचित्र यही साउन १ गतेबाट देशभर प्रर्दशनको तयारीमा छ ।

उनका वावु डा भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र ‘गौँथली’ निर्माण गरेर प्रदर्शन गरेका थिए । चिकित्सकसँगै साहित्यकार समेत रहेका डा रिजालले उक्त चलचित्रको कथा श्रीमती सरला रिजालको जीवनीसँग प्रभावित भएर तयार गरेका हुन् ।

https://www.youtube.com/@lalitkhabar
सानै उमेरमा विवाह बन्धनामा बाँधिएकी सरलाको पढ्ने चाहना रोकियो । श्रीमानको हेरचाह गर्दै, श्रीमती र बुहारीको दायित्व निर्वाह गर्दा उनले अध्यनलाई निरन्तरता दिन पाइनन् । यही कथालाई डा रिजालले गीति कथानक चलचित्रका रुपमा तयार गरे । जहाँ संवाद थिएन, तर भावना व्यक्त गरिएका थिए । सोही कथालाई संवादको स्वरूप दिएर डा रिजालका छोरा डा कपिलले सोही शीर्षक र कथामा चलचित्र ‘गौँथली’ तयार गरेका हुन् ।

आगामी साउन १ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘गौँथली’ मा एसइईसम्म पढ्ने इच्छा बोकेकी बालिकाको सानै उमेरमा विवाह भएपछिको कथालाई देखाइएको छ । सानो उमेर, नयाँ परिवार र ठाउँ तथा पढ्ने चाहनालाई गौँथली नामक पात्रले कसरी पुरा गर्छिन् वा उनको सपना पुरा हुँदैन् रु यही जिज्ञाशा चलचित्र ‘गौँथली’ मा छ । 

चलचित्रका निर्देशक डा कपिलले शुक्रबार आयोजित अन्तरक्रियात्मक कार्यक्रममा चलचित्रको कथाले मनोरञ्जनसँगै सामाजिक विषयलाई उजागर गरेको बताएका छन् । डा कपिलले भने, “अहिले पनि गौँथली छन्, केवल भन्न सकेका छैनन् वा बाहिर आएका छैनन् । मैले यो कथालाई  नजिकबाट महसुस गरेको छु, बुवा ९डा भोला रिजाल० आज जुन स्थानमा हुनुहुन्छ, त्यहाँ पुग्न मेरी आमा ९सरला रिजाल०ले धेरै त्याग गर्नुभएको छ । बाल्यकालमा विवाह भएर आएपछि बुवा आफ्नो अध्यनको शिलशिलामा बाहिर बस्नुहुन्थ्यो, त्यो समयमा घरसँगै हाम्रो दायित्व पनि आमाले निर्वाह गर्नुभएको हो । त्यहि भावनालाई चलचित्रको स्वरूप दिएर तयार गरेका छौँ ।”

बेलायतमा दन्त चिकित्सक रहेका डा रिजाल पछिल्लो समय चलचित्रको काममा व्यस्त छन् । “मैले पहिलादेखि नै साङ्गीतिक श्रव्यदृश्य, छोटा चलचित्र बनाउँथे, रहर थियो । अहिले सही समयमा  चलचित्र निर्देशन गरिरहेको छु, मेरा चलचित्रले मनोरन्जनसँगै सामाजिक सन्देश पनि दिएका छन्”, निर्देशक डा रिजालले भने।

डा कपिलले निर्देशन गरेको चलचित्र ‘ह्यारीकी प्यारी’ र ‘गौँथली’ मा स्वास्थ्यसँग सम्बन्धित विषय जोडिएको छ । ‘ह्यारीकी प्यारी’ मा वीर्य दानको विषयवस्तु तथा ‘गौँथली’ मा ‘अटिजम’ भएका व्यक्तिको जीवनशैलीलाई प्रस्तुत गरिएको छ । ग्रामीण परिवेशमा तयार गरिएको चलचित्रमा ‘अटिजम’ भएका युवकको रुपमा अभिनेता अरुण क्षेत्री र एसइई उत्तिर्ण गर्ने सपना बोकेकी बालिकाको रुपमा अभिनेत्री सिम्रन खड्का देखिएका छन् । 

अभिनेता क्षेत्री सामु चलचित्रमा ‘अटिजम’ भएको युवाको भूमिका कसरी निर्वाह गर्ने भन्ने चुनौती थियो । “अटिजमबारे मेरो बुझाइ फरक रहेछ, मैले विस्तारै बुझ्न थाले । ती फरक क्षमता भएकासँग समय बिताए, उहाँहरूको मानसिकता र फरक क्षमतालाई बुझ्ने कोसिस गरे”, अभिनेता क्षेत्रीले भने । 

उक्त चलचित्रकी अभिनेत्री सिम्रन खड्काले आफूले निर्वाह गरेको पात्रका बारेमा सोच्दा पनि असहज हुने गरेको बताइन्। “म वा मेरो पुस्ताले गौँथलीले भोग्नु परेको कठिनाई र गर्नु परेको सङघर्ष सुन्दा पनि असहज हुन्छ, चलचित्रको माध्यम अन्यभन्दा सशक्त छ, त्यसैले यसले मनोरञ्जनसँगै सामाजिक संदेश दिन्छ”, अभिनेत्री खड्काले भनिन्।

निर्माता सुमन गिरीले यसअघि ‘६ एकान ६’, ‘वडा नम्बर ६’, ‘छक्का पञ्जा’ जस्ता चलचित्रमा काम गरेका थिए। निर्माण र चलचित्र ‘प्रोडक्सन’ मा जोडिनुभएका उहाँले सामजिक दायित्व बुझेर चलचित्र ‘गौँथली’ निर्माण गरेको बताएका थिए । 

“हामीले हाँस्यप्रधान वा अन्य मनोरञ्जनात्मक चलचित्र निर्माण गर्न सक्थ्यौं, तर सामाजिक विषयलाई दर्शकसामु ल्याएका छौँ । यसले मनोरञ्जनसँगै केही सिकाउँछ, हामीले गौँथलीलाई पुनः दर्शकमाझ संवाद राखेर ल्याएका छौँ”, निर्माता गिरीले भने ।

उक्त चलचित्रमा अभिनेता क्षेत्री र अभिनेत्री खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गर्नुभएको छ । डा भोला रिजालको कथामा आधारित उक्त चलचित्रको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । निर्देशक रिजालले ‘गौँथली’ले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको बताएका थिए ।  

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।