५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कान्तिलोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द




काठमाडौँ
जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द गरेको छ ।

वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च रहेकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय लिइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जानकारी दिएका छन् । 

सो सडक खण्डमा मकवानपुर जिल्लासँगको समन्वयमा मङ्गलबार बिहान ५ः०० बजेदेखि असार ३१ गते बिहान ६ः०० बजेसम्मका लागि सार्वजनिक, निजी तथा यात्रुवाहक सवारीसाधनको आवागमन बन्द गरिएको छ ।

विपद्जन्य घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन प्रशासनले सर्वसाधारण तथा यातायात व्यवसायीलाई अनुरोध गरेको छ । 

प्रशासनले सर्वसाधारणलाई मौसम तथा सडकको अवस्थाबारे आधिकारिक सूचनाको पालना गर्न, सुरक्षित भएर रहन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि आग्रह गरेको छ । 

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १२ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।