३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र ‘म मदनकृष्ण’को डिजिटल राइट चर्को मूल्यमा बिक्री



काठमाडौं
हास्य कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’ डिजिटल राइट चर्को मूल्यमा बिक्री भएको छ । गएको असारको पहिलो साता निर्माणको घोषणा गरिएको यस चलचित्रकोको डिजिटल अधिकार ‘ओएसआर डिजिटल’ ब्रान्ड भ्यालुलाई मध्यनजर गर्दै मोटो रकम खर्चेर खरिद गरेको निर्माण पक्षले जानकारी दिएको छ ।।

यही भदौ दोस्रो सातादेखि छायांकन सुरु गरिने बायोपिक चलचित्र ‘म मदनकृष्ण’को निर्देशक मानिएका निर्देशक मिलन चाम्सले निर्देशन गर्दैछन् ।

https://www.youtube.com/@lalitkhabar

मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाह, साथै मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह(अवरोहलाई समेटेर निर्माण हुँदैछ ।

निर्देशक चाम्स भन्छन्, ‘ध्रुर्व सत्य कुरा के हो भने, ओएसआरले अहिलेसम्मकै महँगो मूल्यमा हाम्रो सिनेमाको डिजिटल राइट खरिद गर्नुभएको छ । यो मदनकृष्ण दाइप्रतिको सम्मान र उहाँको ब्रान्ड भ्यालुको नतिजा हो ।’
यसअघि गायक भक्तराज आचार्यको जीवनमा ‘आचार्य’ बनेको थियो भने अन्य क्षेत्रका व्यक्तित्वका बायोपिक पनि बनेका थिए ।

मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।

यस्तै, चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘म मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।
चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका हुन् । पदम बहादुर श्रेष्ठ ९बाबु श्रेष्ठ० डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठ सम्पादन, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक, भरत कँडेल साउन्ड डिजाइन रहेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १२ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।