२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोदावरीमा किरिया खर्च र सुत्केरी भत्ता बाड्दै वडाध्यक्ष घिमिरे



गोदावरी गारपालिका ३ गोदावरीका वडाध्यक्ष सानुराजा घिमिरे(राज)ले वडाबासीलाई किरिया खर्च र सुत्केरी भत्ता वितरण गर्ने घोषणा गरेका छन् । आफ्नो व्यक्तिगत खर्चमा वडाबासीलाई सो रकम साउन १ गतेबाट वितरण सुरु गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।
उनले नगरपालिकाले सो काम गर्नका लागि असहयोग रहेको जानकारी दिदै नेतृत्वमा पुगेको खण्डमा सबै नगरबासीलाई सो सेवा विस्तार गर्ने बताएका छन् ।
वडाध्यक्ष घिमिरेले स्वास्थ्य विमा र निशुल्क औषधि वितरण वडाले गर्न खोज्दा नगरपालिकाले रोकेको आरोप लगाएका छन् ।
आफू राजनीति नाम र पैसा कमाउन नआएको तर्क गर्दै धन भएर नभई मन भएर यो सहयोग गरिरहेको उनले बताएका छन् ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ११ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।