२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


अभिनेता समिर भट्टद्वारा चलचित्र ‘१२ गाउँ २’को डबिङ



अभिनेता समिर भट्टले चलचित्र ‘१२ गाउँ २’को डबिङ गरेका छन् ।

समिर भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘१२ गाउँ २’को डबिङ जारी छ । काठमाडौंको ग्लोबल रिल मोसन पिक्चर्समा आइतबार अभिनेता समिर भट्टले स्वराङ्कन गरेका हुन् ।

https://www.youtube.com/@lalitkhabar

निर्देशक बिराज भट्टले समिर सहित अनुप बिक्रम शाही, कालु रानालगायतका कलाकारलाई डबिङ गराइरहेका छन् ।

दशैंको अवसर पारेर फुलपातीको अघिल्लो दिन असोज ३० गतेबाट प्रदर्शन हुने चलचित्र २०८१ सालको हिट चलचित्र ‘१२ गाउँ’को सिक्वेल हो । एक्सन नायक बिराज भट्को निर्देशन रहेको ‘१२ गाउँ’ बाट नेपाली चलचित्रमा समिर भट्ट उदियमान स्टारका रूपमा स्थापित भएका थिए ।

पहिलो श्रृखलाको जवरजस्त सफलता अनि समिरको उम्दा क्रेजका बिच ‘१२ गाउँ २’ प्रतिक्षित चलचित्र बनिरहेको छ । ‘१२ गाउँ २’ लाई अझै ठूलो क्यानभाष, नविन कथा, सशक्त प्रस्तुति र उच्च प्राविधिक गुणस्तरसहित दर्शकमाझ ल्याउने तयारी गरिएको निर्माण पक्षको भनाइ छ । चलचित्रमा मनोरञ्जनसँगै एक्सन मात्र नभएर भावना तथा पारिवारिक कथालाई विशेष प्राथमिकता दिइएको बताइएको छ ।

डबिङका साथै पोस्ट–प्रोडक्सनका अन्य प्राविधिक काम पनि निर्धारित तालिकाअनुसार तीव्र गतिमा अघि बढिरहेको निर्माण पक्षले जनाएको छ । डबिङ कार्य सम्पन्न भएपछि चलचित्रको गीत, ट्रेलर र प्रचार–प्रसारका सामग्री क्रमशः सार्वजनिक गरिने तयारी रहेको बताइन्छ ।

चलचित्रमा निर्देशक बिराज भट्टका साथमा समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटनी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी, पूर्णबहादुर गन्धर्व लगायत कलाकारहरूको अभिनय छ ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ११ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।