१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


’रोड टु एभरेस्ट’ वृत्तचित्रमा सगरमाथा यात्राको शक्तिशाली झलक



काठमाडौं

विश्वको सर्वोच्च शिखर सगरमाथाको वृत्तचित्र ’रोड टु एभरेस्ट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको असाधारण यात्राको झलक प्रस्तुत गरेको छ।

https://www.youtube.com/@lalitkhabar

नेपाली प्राविधिकहरूको संलग्नतामा निर्माण गरिएको यस वृत्तचित्रमा कुनै पनि कृत्रिम वा कम्प्युटर सिर्जित दृश्य प्रयोग नगरिएको निर्माण पक्षले दाबी गरेको छ।

यस वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठ ले लेखेका हुन्। वृत्तचित्रमा सञ्चारकर्मी भूषण दाहालको आवाज रहेको छ ।

वृत्तचित्रमा ५० वर्ष नाघेका राज गुरुङको प्रेरणादायी यात्रा प्रस्तुत गरिएको छ । निर्मल श्रेष्ठको निर्देशनमा तयार भएको वृत्तचित्रमा आरोहणका जोखिम, शेर्पा समुदायको अथक योगदान, मानवीय साहस तथा जलवायु परिवर्तनका कारण तीव्र रूपमा बदलिँदै गएको हिमाली वातावरणलाई समेत प्रस्तुत गरेको छ। ’रोड टु एभरेस्ट’ मा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पा आरोहीका रूपमा देखिनेछन्।

’रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर भदौ ६ मा काठमाडौं र अन्तर्राष्ट्रिय प्रिमियर २८ भदौ मा हङकङमा हुनेछ। त्यसपछि वृत्तचित्रलाई नेपालका विभिन्न स्थानसँगै अन्तर्राष्ट्रिय मञ्च, फिल्म फेस्टिभल तथा सिनेमा हलहरूमा प्रदर्शन गर्ने तयारी भइरहेको छ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ११ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।