५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘प्रसाद २’ विवादमा पक्राउ अग्रवाललाई चार दिन थुना अनुमति



२१ असोज । चलचित्र ‘प्रसाद २’ को विवादमा पक्राउ परेका ओएसआर डिजिटलका मालिक ओमप्रकाश अग्रवाललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुतमी दिएको छ।

‘प्रसाद २’ चलचित्र स्वदेश तथा विदेशमा प्रदर्शन गरी डेढ करोड रुपैयाँ हानि पुर्‍याएको दाबीसहित प्रहरीमा जाहेरी परेपछि अग्रवाल पक्राउ परेका थिए। शुक्रबार पक्राउ परेका उनलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको हो।

ठगीको आपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

अदालतले अग्रवाललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो। अग्रवालविरुद्ध निर्माता सुदर्शन बस्नेतले ठगी आरोपमा प्रहरीमा जाहेरी दिएका हुन्। बस्नेतको जाहेरी अनुरुप निर्माता सुदर्शन थापा र मिलन श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको थियो।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १० : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।