९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भूकम्प प्रभावितलाई बागमती प्रदेशमा कार्यरत कर्मचारीको एक करोड २५ लाख सहयोग



२२ कात्तिक । जाजरकोट भुकम्पपीडितको राहत उद्धार र पुनःस्थापनाका लागि बागमती प्रदेश सरकारमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गर्ने भएका छन्।

बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपध्यायको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको थियो।

गत कात्तिक १७ गते गएको भूकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावितको सहयोगका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको प्रमुख सचिव घनश्याम उपध्यायले बताए।

बैठकले कर्णाली प्रदेशको जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गत शुक्रबार राति गएको भूकम्पले ठूलो मात्रामा जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा जनधनको क्षति पुगेकोमा दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णय गरेको उनले बताए।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १० : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।