२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इन्द्रचोकबाट २६ लाख ५७ हजार रकमसहित दुई जना पक्राउ



२२ कात्तिक । काठमाडौंबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट मंगलबार दिउँसो दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका-१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल छन्।

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकमसहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको भनी खुलेपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।