६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दिपावलीमा हरिसिद्धि, खुमल्टार र बानेश्वरमा आगलागी, लाखौंको क्षति



काठमाडौं
२७ कात्तिक । आइतबार दिपावली मनाइरहँदा राजधानीको हरिसिद्दि, खुमल्टार र बानेश्वरमा आगलागी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २८ हरिसिद्धि खरिबोट नजिक डेरा गरी बस्ने सप्तरी घर भएका ३९ वर्षीय लोचन मुखियाको जाल्पा फर्निचरभित्र करेन्ट सर्ट भई आगलागी हुँदा करिब रु १० लाख बराबरको धनमाल नष्ट भएको छ ।
ललितपुर महानगरपालिका १५ खुमलटारस्थित महालक्ष्मी नगरपालिका ५ लुभुमा रहेको न्यू मनकामना हार्डवेयरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब रु १५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
साथै काठमाडौँ महानगरपालिका ३१ बस्ने शिवकुमार राईको घरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल नष्ट भएको छ ।
घटना भएलगत्तै तीनै ठाँउको आगो राजधानीका दमकल र सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ११ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।