२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको कोटेश्वरबाट सुनको सिक्री लुटेर भाग्दै गरेका युवक पक्राउ



 

१५ मंसिर । काठमाडौंको कोटेश्वरमा सुनको सिक्री लुटेर भाग्दै गरेका एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार
काठमाडौ महानगरपालिका ३२ कोटेश्वरस्थित नाककाट्य मन्दिर नजिक सडकबाट सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा बारा सिमरा नगरपालिका १४ घर भएका ठमेल बस्ने २३ वर्षीय रोहन शाहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
शाहले सोही महानगरपालिका ३२ नाककाट्य मन्दिर नजिक सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीको सुनको सिक्री लुटपाट गरी भागेका थिए । उनलाई भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग काडाघारीबाट खटिएको प्रहरीले लुटी लगेको सिक्रीसहित पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ७ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।