२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘हिटम्यान’को पोस्टर हेरेर अभिनेत्री आँचल मख्ख, टिजर हेर्दा तीन छक्क



ललितखबर
१८ मंसिर । राजधानीको एक हलमा आइतबार चलचित्र हिटम्यानको पोस्टर तथा टिजर सार्वजनिक कार्यक्रम थियो ।
अभिनेत्री आँचल शर्मा, निर्देशक तथा अभिनेता विष्णु अधिकारी र कलाकार प्रशान्त ताम्रकारलगायतले पोस्टर अनावरण गरे । पोष्टरमा अभिनेत्री आँचल र विष्णुको रोमान्टिक तस्विर देखियो । पोस्टर हेरेर उनी मख्ख परिन् । अनि पोस्टरमा आफ्नो तस्विर छोरेर उनले ठट्टा गरिन् ।
हलमा प्राविधिकले टिजर देखाए । सबैको कौतुकल मेटियो । कार्यक्रम सञ्चालक नरेश भट्टराईले अचम्मित हुँदै प्वाक्क भनिदिए । ‘हामीले त अभिनेत्री आँचल र प्रशान्तको अनुहार टिजरमा देख्न पाइन्छ भनेको त खै ?’
निर्देशक तथा अभिनेता विष्णुले दुई वटा टिजर देखाएका थिए । दुवैमा आफ्नो भिडियो समेटिएको थियो । रगतले लत्पलिएको शरिर र धनुष बाण हान्दै गरेको ती दृश्यले पत्रकारहरुले कथाको कुनै भेउ पाएनन् ।

कार्यक्रममा पत्रकारहरुले निर्देशक समेत रहेका अभिनेता विष्णुलाई प्रश्नको बर्षा गरेर टिजरमा आँचल र प्रशान्त किन अटाएनन् भन्दै सोधे ।
उनले पत्रकारहरुलाई आश्वस्त पार्ने प्रयास गर्दै भने, ‘सबै कुरा टिजरमा खोल्न मिल्दैन । बाँकी दृश्य ट्रेलरमा आउँछ ।’
ट्रेलरमा प्रशान्त र आँचलको अभिनयसहितको दृश्य हेर्न ापइने उनको आश्वासन थियो ।
अभिनेत्री आँचलले टेलरमा आफूलाई नदेख्दा अलिअलि नराम्रो लागेको प्रतिकृया दिइन् । भनिन्, ‘म आफूलाई चलचित्रमा यसरी देखाइ दिनुस भनेर माग गर्ने अभिनेत्री होइन । आफूलाई टेलरमा नदेख्दा थोरै दुःख चाही लाग्यो । उहाँहरुले सबै कुरा एकै पल्ट देखाउन नखोजेको हुनसक्छ ।’
चलचित्र नेपाली हिन्दीलगायत १० भाषामा संसारभर प्रर्दश नगरिने योजना रहेको निर्देशक तथा अभिनेता अधिकारीले जानकारी दिउका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ३ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।