२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका निशा देशारको नेवारी गीत ‘ऐला लुवया’ चर्चा बटुल्दै



ललितखबर
१९ मंसिर । चर्चित गजल गायिका निशा देशारको नेवारी गीत ‘ऐला लुवया’ पछिल्लो समय दिनादुदिन चर्चा बटुल्दै गएको छ ।
एनले गाएको गठीतको सानो सानो भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।


एक महिनाअघि युट्युवमा पोष्ट भएको यो गीत ३६ लाख पटक हेरिएको छ । गायिका देशारको ७ महिना अघि गीत सार्वजनिक भएको थियो ।
भाषा नबुझे पनि नेपाललगायत भारतका सिलुगुढी, दार्जलिङ र सिक्किमलगायत ठाँउबाट आफूलाई फोन आउने गायिका देशार बताउछिन् । गायिका मुलतः नेपाली संगीत बजारमा गजल गायिकाको रुपमा चर्चा बटुल्न सफल छिन् । उनको ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ’ र ‘भन्न त भन्छन् सबले जमाना खराव छ’लगायत गजल लोकप्रिय छन् ।

गीतमा परम्परागत नेपाली बाजाको प्रयोग गरिएको छ भने भिडियो छायाँकन नेपाली बस्तीमा गरिएको छ । भिडियो ललितपुरको खोकना र शंखमुलस्थित एक होटलमा खिचिएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  २ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।