५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा सूर्तीजन्य पदार्थको बिक्रीवितरण रोक्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश



२९ मंसिर । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म महानगरको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

महानगरको मंसिर १२ गतेको निर्णयले सुर्ती, खैनी, गुट्खा, पानपरागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको थियो । महानगरले चुरोट खुद्रा बेच्न रोक लगाएको छ भने सार्वजनिक स्थानको १०० मिटर वरपर धुम्रपान गरे १०० रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको छ ।

अदालतको आदेशमा उल्लेख छ, ‘सुविधा सन्तुलन निवेदकहरूको पक्षमा विचारणीय देखिँदा स्वास्थ्य विभाग काठमाडौं महानगरपालिकाद्वारा १२ मंसिर २०८० मा जारी गरिएको सूचना प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्न नगराउनू भनी विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’

यस्तो छ आदेश –

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १२ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।