२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरद्वारा विद्यार्थीलाई विद्यालयहरुले क्रिसमसको कपडा किन्न लगाएपछि कारवाही गर्ने चेतावनी



ललितखबर
६ पुस । राजधानी काठमाडौंका विभिन्न विद्यालयले विद्यार्थीलाई क्रिसमसको पुर्वसन्ध्यामा आयोजना गर्ने कार्यक्रममा विभिन्न कपडा लगाउन अनिवार्य गरेपछि काठमाडौं महानगरले सूचना न्र प्रकाशन गरेर रोक्न निर्देशन दिएको छ ।
विद्यार्थीलाई विद्यालयहरुले सान्टा क्लजको भेषमा विद्यार्थीलाई उतार्न टोपि र गाउन किन्न लगाएका हुन् । महानगरका एक कर्मचारीका अनुसार कतिपय विद्यालयले आफैले ती कपडा विद्यार्थीलाई विद्यालयबाटै बिक्रि गरिरहेको पाइएको बताए ।
महानगरले विद्यालयहरुलाई क्रिसमसको लागि विद्यार्थीहरुलाई ती कपडा किन्न बाध्य नपार्न भनेको छ ।
विद्यार्थीलाई कपाडा किन्न बाध्य पारेको पाइए महानगरको शिक्षा ऐन,२०७५ अनुसार दण्ड सजाय हुने महानगरले जानकारी दिएको छ ।
आगामी शनिबार देशभर क्रिसमस पर्व मनाइदैछ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ५ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।