२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘दिमाग खराब’को ५१औं दिनमा छैनन् दर्शक, ‘खाली’ हलमा मनाइयो खुशीयाली



ललितखबर
१४ पुस । चलचित्र दिमाग खरावको ५१ औं दिन नयाँ सडकस्थित रञ्जना सिनेप्लेक्स हल खाली देखियो । हलमा दुई चारजना दर्शक चलचित्र हेर्न पुगेको अवस्थामा निर्माण समूहले ५१ औं दिन मनाएको छ ।
शनिबार अपरान्ह १२ बजे आयोजना गरिएको कार्यक्रममा पत्रकार र कलाकार बसेर हेर्दा आधा पनि भरिएको थिएन । दर्शक नै नभएको खाली हलमा चलचित्रका निर्माता रौनक बिक्रम कँडेल र निर्देशक निश्छल बस्नेतलगायत कलाकारहरु सहभागी भए ।
५१ औं दिनको कार्यक्रम चलचित्रको मध्यान्तर सम्म हेरेर बनाइएको थियो । कार्यक्रममा निर्देशक निश्छल बस्नेतले सिक्वेल बनाउने घोषणा गरे । उनले भने, २०८३ सालको दशैंको छेको पारेर प्रर्दशन गरिने उद्घोष गरे ।
कलाकार खगेन्द्र लामिछानेले जीवनकै पहिलो ५१ औ दिनको कार्यक्रममा सहभागी हुन पाउँदा खुशी व्यक्त गरे ।
ंअर्का कलाकार दयाहाङ राईले ५१ औ दिनसम्म चलचित्र चलेको खबरले आफू उत्साहित भएको बताए । अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रको बारेमा सुरुकै दिनदेखि राम्रो प्रतिकृया पाउँदा खुशी लागेको बताइन् ।
कार्यक्रममा केक काटिएको थियो भने चलचित्रमा योगदान दिने कलाकार र प्राविधिकहरुलाई सम्मान गरिएको थियो ।
चलचित्र गत कात्तिक २४ गतेबाट प्रर्दशन सुरु भएको थियो ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।