२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘मेलम्चीको पानी ल्याउने मिती तोक्न एकजुट’ मन्त्री मगर


२० कार्तिक २०७६, बुधबार  

0
Shares

हेलम्बु गाउँपालिका– १, अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना निरीक्षणका क्रममा बुधबार आयोजनाको प्रगतिबारे जानकारी लिँदै खानेपानी तथा सरसफाइ मन्त्री बीना मगर । तस्बिरः नवीन पौडेल / रासस

२० कार्तिक ०७६, ललितपुर । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न र मिति तोक्न एकजुट भएर लागिरहेको बताउनुभएको छ । मेलम्ची खानेपानी आयोजनाका लागि आवश्यक पूर्वाधार र आगामी कार्ययोजना बनाइसकेकाले मन्त्रालय, आयोजनाको टिम एकजुट भएर लागिरहेको उहाँले दाबी गर्नुभयो ।
आयोजनाको समय थपिदै जानुले राम्रो सन्देश नदिएको भन्दै मन्त्री मगरले सिएमसीपछिको नयाँ ठेकेदार कम्पनीले उत्साहजनकरुपले काम गरेको बताउनुभयो । मन्त्रालयको विशेष टोलीले यसबारे गहिरो रुपमा केलाएर कामलाई अगाडि बढाइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीयको रोयल्टी निश्चित गर्नका लागि मन्त्रालयस्तरको समस्या समाधान समिति बनाइएको छ । मेलम्ची राजधानी नपुग्दा वर्षांैको प्यास मेटिन नपाएको भन्दै काम पूरा गरेर छाड्ने प्रतिबद्धता जनाउनुभयो ।
स्थानीय कामदारको पारिश्रमिकबारे मन्त्रालयको सहसचिवको एउटा समिति बनिसकेकाले आवश्यक छानबिन थालिसकेको उहाँले प्रष्ट्याउनुभयो । मन्त्रालयको टोली, आयोजनाका प्रतिनिधि, जनप्रतिनिधिस“गै हेलम्बु गाउपालिकाको अम्बाथानस्थित खानेपानीको मुहानस्थल, हेर्डबक्सस्थल निरीक्षण गर्दै मन्त्री मगरले चाडै आयोजनासक्ने प्रतिबद्धता गर्नुभयो ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ९ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।