५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


फिल्म फेयर अवार्ड २०२४ मा ‘ट्‍वेल्थ फेल’लाई सर्वोत्कृष्ट फिल्मको उपाधि



१६ माघ । फिल्म फेयर अवार्ड २०२४ मा सर्वोत्कृष्ट चलचित्र ‘ट्वेल्थ फेल’ भएको छ। आइतबार राति गुजरातमा आयोजित फिल्म फेयर अवार्ड २०२४ मा ‘ट्वेल्थ फेल’ ले सर्वोत्कृष्ट चलचित्र उपाधि पाएको हो।

फिल्मका लागि विक्रान्त मेसी सर्वोत्कृष्ट अभिनेता (क्रिटिक्स) पाएका छन्। साथै उत्कृष्ट विधु विनोद चोपडा उत्कृष्ट निर्देशक बनेका छन्। उनले उत्कृष्ट पटकथाको पनि हात पारे। यस वर्षको सर्वश्रेष्ठ अभिनेत्रीको उपाधि आलिया भट्टले जितेकी छन्।

आलियालाई रकी और रानीकी प्रेम कहानीुका लागि बेस्ट एक्ट्रेसको अवार्ड प्रदान गरिएको हो। अभिनेता रणवीर कपुरलाई सर्वश्रेष्ठ अभिनेताको अवार्ड प्रदान गरिएको छ। रणवीरलाई चलचित्र एनिमलका लागि उक्त उपाधि प्रदान गरिएको हो। रकी और रानी की प्रेम कहानीबाट शबाना आजमीले उत्कृष्ट सहायक अभिनेत्रीको उपाधि पाएकी छन्। फिल्मबाट इशिता मोइत्रा उत्कृष्ट संवाद बने।

मिसेस चटर्जी भर्सेस नर्वेु अभिनेत्री रानी मुखर्जी र शेफाली शाह थ्री अफ असुबाट उत्कृष्ट अभिनेत्री क्रिटिक्स पाए। अभिनेता विक्की कौशल डंकीका लागि उत्कृष्ट सहायक अभिनेता बनेका छन्।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ५ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।