१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


धरहरामा पार्किङ बन्द गर्न काठमाडौं महानगरलाई पत्र, मेयर बालेन आक्रोसित



२२ माघ । काठमाडौं महानगरले न्युरोडमा पार्किङ बन्द गरेर धरहराको बेसमेन्टमा पार्क खुला गरेसँगै सर्वत्र प्रशंशा भयो । तर काठमाडौं महानगरका मेयर बालेन शाह भने सरकारले धरहरा पुर्ननिर्माणको काम अझैं सकिएको छैन । पार्किङ खुला नगर्नु भन्दै पत्र आए पछि आक्रोसित भएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट धरहरा उद्घाटन गरेको भएपछि बाँकी संरचना पुरा नभएकोमा उनको आक्रोस सार्वजनिक भएको हो ।
म्ेयर बालेनले उदघाटन गरेको २ बर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? भन्दै प्रश्न गरेका छन् ।
सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ भन्दै मेयर बालेन शाहले
भनेका छन्, ‘पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसशुल्क सञ्चालन हुँदैछ ।’

उनले पार्किङ अझै ब्यबस्थापन गर्दै लग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइ गर्ने मनसाय देखिएको तर आफू काठमाडौ महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन नदिने मेयर बालेनले उद्घोष गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ४ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।