४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


२८ वर्ष पुरानो गोपिकृष्ण मुभिजका तीन वटा हल बन्द



 

२६ माघ । २८ वर्ष पुरानो चलचित्र भवन गोपी कृष्ण मुभिज बन्द हुने भएको छ ।
गेपिकृष्ण मुभिजका निर्देशक निरक पौडेलका अनुसार यही फागु १ गतेदेखि चलचित्र भवन बन्द गर्ने निर्णयमा व्यवस्थापन पुगेको विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

वि.सं २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिजले तीन वटा हल सञ्चालन गर्दै आएको थियो । २ बर्ष अघि चावहीलस्थित भवनमा चार वटा हल थिए । भवन भत्काएर २५ तले भवन बनाउन योजना गरिएको भएपछि अहिलेसम्म काम सुरु भएको छैन ।

निर्देशक पौडेलले जारी गरेको विज्ञप्ती भनिएको छ,‘कोरोनाको सक्रमण कालदेखि नै फिल्म क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान करण प्रणालीले गर्दा फिल्म निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिँदैन ।’

२ बर्ष अगाडि गोपिकृष्ण मुभिजको ४ हल रहेका भवन भत्काएर २५ तलाको नयाँ मल बनाउने तयारी गरिएको थियो । तर, अहिलेसम्म यसको काम सुरु हुन सकेको छैन । अब, भने ३ वटा हल पनि संचालन गर्न नसक्ने अवस्थामा गोपिकृष्ण मुभिज पुगेको हो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १० : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।