४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘काँडेतार’को प्रदर्शन रोक्ने निर्माता नवल खड्काको घोषणा



२६ फागुन । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र काँडेतारको प्रदर्शन आइतबारबाट बन्द हुने भएको छ।

हल सञ्चालकहरुले असयोग गरेको भन्दै निर्माता तथा निर्देशक नवल खड्काले शनिबार पत्रकार सम्मेलन गरेर फिल्मको प्रदर्शन आइतबारबाट रोक्ने घोषणा गरेका हुन्।

‘देशभक्ति फिल्म बनाउनु अपराध गरेको हो र? के देशभक्ति फिल्म फिल्म नै होइन? व्यवहारमा यस्तो नै देखिएको छ। यसको जवाफ हामीलाई सम्बन्धित सरोकारवाला निकायले एक दिन दिनै पर्छ,’ निर्माता खड्काले भने।

देशभक्ति फिल्ममाथि मजाक गर्न छुट कसैलाई पनि पनि उनले बताए। फिल्म हलहरुबाट शो दिइँदा प्राइम टाइममा गडबडी हुन्छ भन्ने कुरा कल्पना पनि नगरेको उनले बताए।

आफूहरूसँग प्रदर्शनमा आएका फिलमलाई ८०–९० वटा शोहरु प्राइम टाइममा दिइएको तर काँडेतारलाई निकै कम शो दिइएको भन्दै उनले आक्रोश पा्ेखे।

खड्काको निर्देशन तथा अभिनय रहेको फिल्म काँडेतारले सीमा अतिक्रमणको मुद्दा उठाएको छ। फिल्ममा गौरव पहारी, रेबिका गुरुङ, सुरबिना कार्की लगायतको पनि अभिनय छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ३ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।