२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


हाँस्न नसक्नेले चलचित्र नहेर्नुहोला भन्दै ‘बद्री बहादुर’ को प्रचार



ललितपुर खबर
२८ फागुन । ‘धेरै हास्न नसक्नेले यो चलचित्र नहेर्नु होला’ भन्दै चलचित्र बद्री बहादुरको प्रचार शुरु भएको छ । चलचित्रका निर्देशक सोभित बस्नेतले हास्य प्रधान चलचित्र भएकाले धेरै हास्न नसक्नेलाई चलचित्र हेर्न कठीन हुने बताए ।

चलचित्रका कलाकार बस्नेतले चलचित्रमा केही दृष्य ज्यादै हास्नलायक दृष्य रहेको र हेर्दा हेर्दै दर्शक ढल्ने दाबी गरे । चलचित्रका कलाकार जयकिसन बस्नेतले चलचित्रमा केही दृष्य ज्यादै हास्नलायक दृष्य रहेको र हेर्दा हेर्दै दर्शक ढल्ने दाबी गरे ।

चलचित्रमा अभिनेता सलोन बस्नेत,अभिनेत्री पुजा शर्मा,जयकिसन बस्नेत र उत्तम केसीलगायतले अभिनय गरेका छन् । चलचित्र यही चैत्र २३ गतेबाट देशभरका हलहरूमा प्रदर्शन हुने बताइएको छ । सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर चलचित्रको गीत सार्वजनिक गरिएको थियो ।

 

 

 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।