२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गरे डा केसीलाई अनशन तोड्न अनुराेध


२५ कार्तिक २०७६, सोमबार  

0
Shares

२५ कार्तिक ०७६ काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनशन तोड्न डा गोविन्द केसीलाई अनुराेध गरेका छन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले ड। केसीले उठाएको मुख्य मागहरु सम्बोधन भइरहेको बताए । अहिले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा डा केसीले सहयोग गर्नुपर्ने मन्त्री पोखरेलको धारणा राख्नु भएको थियो ।

अहिले मुलुक कालापानीको बहसमा रहेको अवस्थामा केसीलाई के अनुरोध गर्न चाहन्छौं भने सिंगो देश कालापानीको विषयमा एकतावद्ध ढंगले अगाडि बढिरहेको समयमा डा। गोबिन्द सावले अनशनको बाटो नलिए राम्रो बताउनु भयो ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डाकेसी ६ दिनअगाडी डडेल्धुरा पुगेर अनशन बसिरहेका छन् ।  अहिले केसीको स्वास्थ्य जटिल बन्दै गएता पनि सरकारले माग सम्बोधन गर्नेमा पहल गरेको छैन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ५ : ४५ बजे