काठमाडौं
२२ चैत । राजधानीको बानेश्वरबाट गएको मध्यराती होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेशपायल राई सहित युवाहरु प्रहरी हिरासतबाट छुटेका छन् ।
काठमाडौं प्रहरीले अवदेखि यस्तो कार्य नगर्ने शर्तमा हिसासत मुक्त गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।
मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई बुधबार राति गायक राईसहित ८ जना पक्राउ परेका थिए ।
पक्राउ परेका आठै जनालाई सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया