११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा गीतकार लोकराज अधिकारी



काठमाडौँ
२२ चैत । संयुक्त राज्य अमेरिकाको एटलान्टामा हुने आइएसएसए अन्तर्राष्ट्रिय अवार्डको छैटौँ संस्करणमा नेपालबाट गीतकार लोकराज अधिकारी मनोनयनमा पुगेका छन् ।  ‘इन्टरनेशनल सिङ्गर सङ राइटर्स एसोसिएसन’ले आयोजना यो कार्यक्रम विसं २०८१ भदौ ८ गते हुनेछ ।
प्रतिष्पर्धामा रहेको विभिन्न ४६ विधाअन्तर्गत गीतकार अधिकारी ‘यस्तो भाछ मलाई त..’ बोलको गीतबाट अन्तर्राष्ट्रिय पुरुष गीतकार विधामा मनोनयनमा पुगेका हुन् ।
“अन्तर्राष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपालीभाषी गीतकारको प्रतिनिधित्वका रूपमा मैले यो मनोनयनलाई लिएको छु । मलाई स्वदेशबाट मत प्राप्त हुनेमा विश्वस्त छु”, गीतकार अधिकारीले भने, “एउटा मोबाइल डिभाइसबाट प्रतिदिन एउटा मात्रै मत दिन पाइने भएकाले सबैलाई मतदानका लागि आग्रह गर्दछु ।”
गीतकार अधिकारीसँगै उक्त विधामा विभिन्न देशका ६८ जना सर्जक मनोनयनमा छन् । विसं २०८१ वैशाख १८ सम्म विद्युतीय माध्यमबाट मत दिन  सकिने जनाइएको छ ।
उक्त मतका आधारमा वैशाख २० गते उत्कृष्ट २० घोषणा गरिने छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ६ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।