२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘एक्लो-१’मा अन्तरिक्ष यात्री बन्दै प्रदीप खड्का



२७ चैत । चलचित्र ‘एक्लो-१’मा अभिनेता प्रदीप खड्का अन्तरिक्ष यात्री बन्ने भएका छन्। साई-फाई श्रेणीमा बन्ने सो चलचित्रको थिम पोस्टर सार्वजनिक गरिएको छ जसमा अन्तरिक्ष यात्री राखिएको छ। चलचित्रमा प्रमुख भूमिका खड्काको भएको कारण पोस्टरमा देखिएका अन्तरिक्ष यात्री प्रदीप नै हुन सक्छन्।

प्रदीप शाहीको निर्देशनमा बन्न लागेको यो चलचित्र तीन शृङ्खलामा निर्माण हुनेछ। यसमा प्रदीपको जोडी अभिनेत्री बेनिशा हमालसँग बाँधिनेछ। यसमा सुनिल थापा, विजय लामा, दिया पुन, कविता नेपाली, एवनराज उप्रेती लगायतको पनि मुख्य भूमिका रहने छ।

यो चलचित्र सन् २०२५ मा रिलिज गरिने पोस्टरमा उल्लेख छ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ९ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।