५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘द रेड सुटकेस’को अग्रिम टिकट बुकिङ खुला



२९ चैत । चलचित्र ‘द रेड सुटकेस’ नेपालमा भोलि शुक्रबारदेखि प्रदर्शन हुँदै छ। यसका लागि बिहीबार नै देशभरिका हलमा अग्रिम टिकट बुकिङ खुला भइसकेको छ।निर्माण कम्पनी आइसफल प्रोडक्सनले ५० शोसहित फिल्म रिलिज हुन लागेको जनाएको छ। क्यूएफएक्सका हलमा भने यो फिल्म रिलिज हुने छैन।
गत मंगलबार सीडीसी सिनेमाजको यस चलचित्रको प्रिमियर शो राखिएको थियो। जहाँ धेरैले यस चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया दिएका थिए। गत साता मात्रै ‘द रेड सुटकेस’को ओटीटी राइट खरिद एचबीओले युरोपका १५ देशका लागि किनिसकेको छ। जसले आफ्नो लगानी उठिसकेको निर्माण टिमको दाबी छ।

भेनिस फिल्म फेस्टिबलमा वर्ल्ड प्रिमियर गरिएको यो फिल्म थुप्रै फेस्टिबलमा पुगिसकेको छ। भेनिसमा मेन्सन अवार्ड जित्नुका साथै भेनिसमै स्वतन्त्र समीक्षकहरूको संस्था बिसाटो डिओरोले डेब्यु निर्देशकका रूपमा देवकोटालाई बेस्ट फिचर फिल्मको अवार्डसमेत प्रदान गरेको थियो।

फिडेलको लेखनमा बनेको फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, विपिन कार्की र प्रवीण खतिवडा मुख्य भूमिकामा छन्। सुशन प्रजापतिले खिचेको फिल्मको निर्माता निर्देशक देवकोटासहित रामकृष्ण पोखरेल र शोभा थापा हुन्।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ८ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।