२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भजन शिरोमणि भक्तराजलाई मरणोपरान्त ‘राष्ट्र गायक’को उपाधि



३० चैत । भजन शिरोमणि सुरसम्राट् भक्तराज आचार्यलाई मरणोप्रान्त ‘राष्ट्र गायक’को उपाधि प्रदान गरिएको छ। सिस्नुपानी नेपालद्वारा काठमाडौंको प्रज्ञा भवनमा आयोजित ‘राष्ट्र’ शीर्षकको कार्यक्रममा आचार्यलाई यो उपाधि प्रदान गरिएको हो।

कार्यक्रममा भजन शिरोमणि आचार्यप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण गर्दै ९१ जना संगीतकर्मीहरुले आचार्यकै कालजयी गीत ‘जहाँ छन् बुद्धका आँखा…’ प्रस्तुत गरेका थिए । आचार्यले यो संसारबाट विदा लिएको ४३औं दिनका दिन आयोजित उक्त कार्यक्रममा उनलाई ‘राष्ट्र गायक’को उपाधि प्रदान गरिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति, पूर्वप्रधानसहित नेपालका अधिकांश कार्यकारी व्यक्तिहरुको उपस्थितिमा भजन शिरोमणिलाई ‘राष्ट्र गायक’को उपाधि प्रदान गरिएको हो ।

भक्तराज आचार्यका सुपुत्रद्वय सत्य–स्वरूपका साथमा सुप्रसिद्ध गायकहरू दीप श्रेष्ठ, मीरा राणा, दीपक खरेल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मुरलीधर, कुन्ती मोक्तान, सङ्गीता प्रधान, लोचन भट्टराई, आनी छोइङ डोल्मा, देविका बन्दना, धीरेन्द्र प्रेमर्षीलगायत ९१ जनाको विशिष्ट साङ्गीतिक समूहले उक्त गीतलाई सामुहिक रुपमा प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ७ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।