२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘डिग्री माइला’का दयाहाङ र आँचल पूर्वेली दर्शक भेट्न यात्रामा निस्किए



४ वैशाख । ‘डिग्री माइला’का मुख्य कलाकारहरु दर्शक भेट्न आजबाट मोफसल यात्रामा निस्केका छन्। दयाहाङ राई, आचल शर्मा, बिजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलसहितको टिम मोफसल यात्रामा निस्केको हो। कोशी प्रदेशको राजधानी विराटनगरबाट सुरु हुने यो भेटघाट बिर्तामोड पुगेर टुङगिने निर्माण टिमले जनाएको छ।

यसअघि पनि मुख्य कलाकार दर्शकहरुसँग प्रत्यक्ष प्रतिक्रिया लिन काठमाडौँका हल-हलमा पुगेका थिए। पोखरेलका अनुसार टिम मङगलबार बिहान १० बजे विराटनगर स्थित क्यूएफएक्स सिनेमा हलमा पुगेर प्रेस तथा ११:३० को शोमा सिनेमा हेर्न आएका दर्शकहरुसँग भेटघाट गर्नेछन्। यसक्रममा उनीहरु विराटनगरका विभिन्न सिनेमा हलमा पुग्नेछन्।

विराटनगरपछि टिम इटहरीका दुई वटा सिनेमा हल इलाइट सिनेमा हल र इटहरी क्यूएफएक्स पुग्नेछ भने साँझमा ५ बजे धरान स्थित फ्रेण्ड्स सिनेमाज जाने तय भएको छ। बुधवार बिहान ११ बजे दमक स्थित डि म्याक्स सिनेमा हल र दिउँसो २ बजे बिर्तामोड क्यूएफएक्स र ५ बजे पाथिभरा सिनेप्लाजामा जाने सेड्युल छ।

रामबाबु गुरुङ निर्देशित यस फिल्मले तीनदिनमा ४ करोडको व्यापार गरिसकेको निर्माणटिमको दाबी छ। बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मको निर्माता मणिरामसहित विशाल गुरुङ, मधु मिजार तथा सुष्मा गुरुङ हुन्।

 

 

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ८ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।