२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


तीन चलचित्रको भीडन्त हुने भएपछि ‘दान्भी’को प्रर्दशन मिति सर्यो



काठमाडौँ
१६ वैशाख । अभिनेत्री पुजा शर्माको चलचित्र दान्भीले प्रर्दशन मिति सार्ने भएको छ ।

बुद्ध जयन्तीको दिन पारेर आगामी जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको ‘दान्भी’ ले यस दिन तीन ठुला चलचित्र प्रर्दशन हुने भएपछि मैदान छोडेको हो ।

जेठ १० मा अनमोल केसीको‘फर्की फर्की’ र मल्टी स्टार चलचित्र ‘पूजार सार्की’ रिलिज हुदै छन् । दान्भीले मैदान छोडेपछि अब जेठ १० मा ‘पूजार सार्की’ र ‘फर्की फर्की’ बीच भिडन्त हुने भएको छ ।

सोमबार पूजाको जन्मदिनको अवसर पारेर ‘दान्भी’को नयाँ प्रदर्शन मिति घोषणा गर्ने बताइएको छ ।

चलचित्रको प्रर्दशन सरेपछि पूजाले फेसबुकमा लेखेकी छन्, ‘एकसाथ तीन चलचित्र प्रदर्शन हुन उपयुक्त नहुने ठानेर ‘दान्भी’लाई केही हप्ता पछि सार्ने निर्णय गरेका छौं ।’

‘दान्भी’मा पूजा पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत भएकी छन् । रुपेश तामाङको निर्देशन रहेको फिल्ममा अभिनेता कुन्साङ बोमजम र किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । देव मगर, अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्मातामा छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।