१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड अभिनेता सलमान खानमाथि आक्रमण योजनाको आरोपमा चार जना पक्राउ



एजेन्सी
१९ जेठ । बलिउडका चर्चित अभिनेता सलमान खानमाथि आक्रमणको योजना बनाएको आरोपमा चार जनालाई मुम्बई प्रहरीले पक्राउ गरेको छ।

सलमान खान पनवेल जाँदै गर्दा आक्रमण गर्ने षडयन्त्र रचिएको आरोपमा उनीहरु पक्राउ गरेको बताइएको छ ।

गत महिना पनि मुम्बईको बान्द्रास्थित सलमान खानको घरमा गोली हानाहान भएको भन्दै प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको थियो । ती मध्ये एक जनाले जेलमै आत्महत्या गरेको घटना सार्वजनिक भएको थियो ।

 

लरेन्स बिश्नोई गिरोहले मुम्बईमा फिल्मस्टारमाथि आक्रमण गरेर जबरजस्ती फिरौती असुली गर्न खोजेको प्रहरीको अनुमान छ ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ७ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।