६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रसियामा नेपालको सर्टफिल्म ‘पाउलो’ छनोटमा



२० जेठ । लघुचलचित्र ‘द स्कुल वाल’ रसियाको किनो फेस्टिभलको फाईनलमा पुगेको छ । सेप्टेम्बर १२ देखि १६ सम्म रसियाको क्रेस्टोभय ५ मा आयोजना हुने चलचित्र महोत्सवमा नेपालको अर्को लघुचलचित्र ‘पाउलो’ पनि छनोट भएको छ ।

बालमनोविज्ञानमा आधारित ‘द स्कुल वाल’ यसअघि नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल, इरानको रोशड इन्टरनेशनल एजुकेशन एण्ड साईन्टिफिक फिल्म फेस्टिभल, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो र बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्समा छनोट भएको थियो । काठमाडौंमा भर्खरै सम्पन्न भएको काठमाडौं इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभलमा ‘द स्कुल वाल’ छनोट भएर राष्ट्रिय सभा गृहमा प्रदर्शनसमेत भईसकेको छ ।

लघुचलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । अन्य चर्चित कलाकारहरु सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गीता श्री थापा, आयुषा गौतम, बिदुर प्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेम राज कोईराला, उद्धव दंगाल लगायत सेलीब्रेशन स्कूलका विद्यार्थीहरुको अभिनय रहेको छ । लघुचलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माणसमेत गरेका छन् ।

 

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ११ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।